कस्ताे अच्चम्म्: सुत्दा ३२ बर्ष तर उठ्दा १५ बर्ष !




२०७५ कात्तिक २२ बिहीवार
Newsdesk Shikharnews

एक बिहान नाओमी ज्याकब्स उठिन् र उनले आफू को हुँ भन्ने कुरा सम्झन सकिनन् । यो घटना सन् २००८ को अप्रिल महिनामा बेलायतको म्यानचेष्टर शहरको सानो घरमा घटेको थियो । यो घटनाले उनी स्वयं अचम्मित महसुस गरिन् ।  उनी वास्तवमा ३२ वर्षकी महिला थिइन् तर जब उनी बिहान उठिन्, उनले आफूलाई १५ वर्षकी किशोरी महसुस गरिन् । यो घटना सन् २००८ को अप्रिलमा घटेको भए पनि नाओमीले १९९२ महसुस गरिन् ।  ‘सुरुको केही सेकेण्ड त मैलै यसलाई सपना भन्ठानें तर यो एउटा नराम्रो सपना थियो । म रहेको कोठा पनि नौलो लागिरहेको थियो,’ उनले भनिन् ।

‘मलाई सम्झना छ कि मैले देखेको पहिलोे चिज पर्दा थियो र त्यो पर्दा पनि नौलो लागिरहेको थियो । आलमारी, आफू सुतेको ओच्छ्यान, कोठा सबै अनौठा लागिरहेका थिए । मैले आफ्नो शरीर देखें, मैलै पाइजामा लगाएको थिएँ जुन मैले यो भन्दा अघि कहिले पनि देखेको थिइनँ ।’ ‘मैले ऐनामा हेर्दा मेरो अनुहार अर्कै थियो । मेरो अनुहार पहेंलिएको र बढी उमेरको देखिएको थियो । जब मैले पहिलो पटक ठूलो ठूलो आवाजमा कुरा गरें तब मेरो घाँटीबाट आएको आवाज अलग लागिरहेको थियो ।’

‘मलाई आफू १५ वर्षकी किशोरी महसुस भैरहेको थियो । मेरा सबै भावना १५ वर्षकी किशोरीको जस्तो थियो र मलाई यो सन् १९९२ साल हो जस्तो लागिरहेको थियो । तर याे समय सन् १९९२ नभर्इ सन् २००८ थियो । उनि १५ वर्षकी नभई ३२ वर्षकी थिइन् । नाओमीले बिहान उठ्दा आफ्नो पछिल्लो १५ वर्षको सबै स्मरणशक्ति गुमाईसकेकी थिइन् । उनी १९९० को दशकमा थिइन् भने अब उनलाई २१ अाैँ शताब्दीको जीवन, प्रविधि, संस्कृति तथा समाचारहरुको सामना गर्नु थियो । उनले अहिलेको समयलाई जुन समय ठानेकी थिइन्, त्यतिबेला इन्टरनेट, सामाजिक सञ्जाल र स्मार्टफोन केही पनि थिएन ।

यतिमात्र नभएर उनको सोचाइ अनुसार यतिबेला दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको स्वतन्त्रता आन्दोलन अझै जारी थियो । इराकमा सद्दाम हुसेन सत्तामा थिए भने बेलायतमा राजकुमारी डायना ज्यूँदै थिइन् र उनका प्रशंसक बढ्दै थिए । यो बेला अमेरिकामा कुनै अश्वेत व्यक्तिले व्हाइट हाउसमा पुग्ने इच्छा राख्नु सपना सरी नै थियो । नाओमी सम्झिन्छिन्, ‘ वाह, मलाइ विश्वास नै लागेको थिएन । मैले कहिल्यै सोचेकि थिइनँ कि म आफ्नाे जिन्दगीमा यस्तो पनि देख्ने छु, सुरुमा त मलाइ यो ठट्टाजस्तै लागेको थियो, ओबामा भन्ने मान्छे को हो, के यो साँच्चै हो र जस्तो लागेको थियो । ’ तर उनलाई आफू लियो नाम गरेका एक १० वर्षे बालककी आमा थिइन् भन्ने कुरा विश्वास दिलाउनु सबैभन्दा गाह्रो कुरा थियो ।

‘सुरुको २४ घण्टा त मेरो बच्चा पनि छ भन्ने कुरा विश्वास नै गर्न सकिनँ । मेरो बच्चा मुस्कुराउँदै कक्षाबाट बाहिर आइरहेको थियो तर म भने उसलाई एकटकले हेरिरहेको थिएँ ।’नाओमी १५ वर्षकी हुँदा पत्रकार वा लेखक बन्न, विश्व घुम्न र ठूलो घरमा बस्ने चाहना राख्थिन् । तर अहिले उनले आफू एकल आमा थिइन् जो सरकारले दिएको खर्चबाट आफू र आफ्नो बच्चाको ज्यान पालिरहेकी थिइन् । उनी अहिले मनोविज्ञान पढिरहेकी थिइन् जुन पढ्नेबारे १५ वर्षे नाओमीले सोचेकी पनि थिइनन् ।

ओच्छ्यानमुनि फेला पर्यो रहस्यकाे जवाफ

उनी डाक्टरकहाँ गइन् । तर डाक्टरले न त उनलाई सहायता गर्यो न विश्वास नै । त्यसैले आफूलाई कसरी जाति बनाउने भन्ने कुरा आफैैंले पत्ता लगाउनु थियो ।‘म आफ्नो स्मरणशक्ति फिर्ता ल्याउने कोशिश गर्दै थिएँ । मलाइ पत्ता लगाउनु थियो कि म कसरी यस्तो कसरी भयो, म कसरी यस्तो अवस्थामा पुगें ।’ उनकी बहिनी सिमोन र केटी नाम गरेकी साथीका अनुसार नाओमी किशोर अवस्थामा थुप्रै पत्रपत्रिकामा लेखहरु लेख्ने गर्थिन् । ती पत्रपत्रिका अझै पनि घरमै कतै हुनुपर्छ । केहीबेर खोजेपछि उनको ओच्छ्यानमुनि पत्रपत्रिकाले भरिएको बाकस फेला पर्यो जसमा उनले खाेजिरहेकाे आफ्नो पछिल्लो १६ वर्षको सबै कुराको जवाफहरु थिए । उनी लागुऔषध दुर्व्यसनी थिइन् र त्यसकै कारण घरबारविहीन भएकी थिइन् ।

‘कुनै समय मेरो राम्रो चलेको व्यवसाय थियो तर पछि केही कारणले म गलत बाटोमा लागें । मेरो व्यवसाय गयो, घरबार गयो । मलाई लागुऔषधको समस्या थियो । ’‘म घरबारविहीन भएँ, मेरो व्यवसाय टाट पल्टियो र त्यो बेला मलाई आफूलाई बाइपोलार डिस्अर्डर भएको थाहा भयो ।’

तर पत्रपत्रिकामा भने कुरा अर्कैै थियो । ‘मैले ती पत्रपत्रिकामा बाल्यकालमा मेरो यौन शोषण भएको रहेछ जसलाई मैले ६ वर्षदेखि २५ वर्षको उमेरसम्म मनमै लुकाएर राखेको रहेछु । यो थाहा पाएपछि सबै कुरा बदलियो । ’

उनी १५ वर्षकी हुँदा के भएको थियो ?

नाओमी भन्छिन्, ‘धेरै तनाव थियो, मेरो परिवार छरपष्ट भयो, मेरा सौतेनी बाबुले हामीलाई छोडिदिए । मेरो आमासँग मेरो सम्बन्ध तोडियो । ’ पत्रपत्रिकाका अनुसार उनकी आमाको रक्सीको कुलत थियो र आमाछोरीबीच खुब झगडा हुन्थ्याे । एकिदन अामासँग ठूलाे झगडा भएपछि नाओमीले आत्महत्या गर्ने प्रयास गरिन् ।

वास्तवमा भएको के थियो ?

नाओमीलाई ३ वर्षपछि आफ्नो जीवनमा के भएको थियो भन्ने कुरा थाहा भयो ।

‘मैले एउटा राम्रो मनोचिकित्सकलाई भेटेर मेरो जिन्दगीमा भएका सबै कुरा बताएँ । उनले धेरै अनुसन्धान गरेपछि मलाई डिसोसिएटिभ एमनिजया नामको रोग लागेको खुलासा गरिन् ।’ यो एक दुर्लभ प्रकारको एमनिजया हो । याे एक प्रकारकाे मानिसक राेग हाे ।  यसमा राेगीकाे स्मरणशक्ति, पहिचान, साेच्ने तरीका, चेतना अादि गुम्ने गर्दछ । अहिले भने उनले स्मरणशक्ति गुमाएको नभइ गम्भीर तनावका कारण उनको दिमागमा झट्का लागेको थियो । रोग पत्ता लागेपछि नाओमीले ‘द फरगटन गर्ल’ भन्ने किताब पनि लेखेकी छिन् ।