भुटानि प्रधानमन्त्रिले लिए सपथ




२०७५ कात्तिक २२ बिहीवार
Newsdesk Shikharnews

काठमाडाै, २२ कात्तिक।  भुटानमा डा. लोटे छिरिङले नयाँ प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन्। राजधानी थिम्पुमा बुधबार आयोजित परम्परागत समारोहमा भुटानी नरेश जिग्मी खेसर नाम्गेल वाङचुकले लोते छिरिङसहित मन्त्रिपरिषदका सदस्यहरुलाई दर्शनभेट र खादा प्रदान गरेका छन्। प्रधान न्यायाधीशले प्रधानमन्त्री, सभामुख तथा मन्त्रिपरिषदका अन्य सदस्यहरुलाई धर्मगुरुको उपस्थितिमा पद तथा गोपनीयताका सपथ गराएको भुटानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

शपथपछि भुटानी मन्त्रिपरिषदको पहिलो बैठक बुधबार साँझ बसेको छ। बैठकका निर्णय सार्वजनिक गरिएका छैनन्। कार्तिक १ गते भएको आम चुनावमा छिरिङको नेतृत्वका दल ड्रुक न्यमन रुव शोग–पाले ४७ मध्ये ३० स्थान प्राप्त गर्दै बहुमत ल्याएको थियो। सो दल पाँच वर्षअघि मात्रै स्थापना भएको हो। मन्त्रिपरिषदको नाम केही दिनअघि सार्वजनिक गर्ने क्रममा नवनिर्वाचित प्रधानमन्त्री डा. लोटे छिरिङले चुनावी घोषणाअनुसार नै बढ्दो असमानतालाई कम गर्नका लागि काम गर्ने बताएका छन्।  बुधबार नै नरेशले प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखलाई पनि खादा प्रदान गरेका थिए। २००८ देखि संसदीय प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेको भुटानको अन्य देशका भन्दा फरक प्रकारका व्यवस्थ रहेको छ।

दर्ता भएको राजनीति दलहरुबीच पहिलो चरणमा प्रतिस्पर्धा हुन्छ। पहिलो चरणमा बालिक मतदाताले दललाई छनोट गर्छन्। पहिलो चरणमा देशभरबाट पहिलो र दोस्रो हुने दलका उम्मेदवारबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुन्छ। नेशसन एसेम्बली राजनीतिक दलले मात्रै भाग लिन पाउँछ भने नेसनल काउन्सिल (माथिल्लो सदन) र स्थानीय तहमा भने राजनीतिक दल नभइ व्यक्ति चुनाव लड्ने व्यवस्था रहेको छ। नेसनल एसेम्बलीको चुनाव गराउन सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नेतृत्वमा गठन हुने सल्लाहकार परिषदले गर्ने गर्छ। परिषदले दुवै चरणका चुनाव नब्बे दिनभित्रै गराइसक्नु पर्ने व्यवस्था भुटानका संविधान रहेको छ।

संसदको अवधि हुन्जेल निर्वाचित सरकारले मात्रै काम गर्न सक्छ। पहिलो बैठक बसेको मितिले त्यसको अवधि पाँच वर्षसम्म हुन्छ।