साइँला र साइँली अब ठूलाे पर्दामा
काठमाडौँ, ३० कात्तिक । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र साइँलीको फस्र्ट लुक सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन मितीसहित पोस्टर सार्वजनिक भएको हो । चलचित्र चैत्र १५ देखि प्रदर्शनमा आउने बताइएको छ ।
कालीप्रसाद बास्कोटा र हिमाल साउदको शब्द तथा हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत साइँलीबाट प्रेरित भएर चलचित्र निर्मामाण गर्न लागिएको हो । चलचित्रमा साइँली गीत कै गौरव पहारी र मेनुका प्रधान सहित दयाहाङ राई र केनपा सिंह पनि रहेका छन् ।