सन्देश बचाऊ’ अभियान बन्द !

२०७५ मंसिर १६ आइतवार
Newsdesk Shikharnews

काठमाडौ, १७ मंसिर ।  आर्थिक अभावले उपचारमा समस्या परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचार अभियानमा संकलित रकम धनकुटा खबरले हस्तान्तरण गरेको छ । चौबिसे वडा नं। २ बन्दुके डाँडा निवासी ७ बर्षिया तामाङ्ग र उनका बजे जति बहादुर तामाङलाई संकलित ३० हजार ३ सय ३३ रुपैंया हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाल पत्रकार महासंघ धनकुटाका अध्यष राजेश्वर बहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईले हस्तान्तरण गर्नुभएको हो ।

यो रकम हस्तान्तरणसंगै ‘सन्देश बचाऊ’ अभियान बन्द भएको धनकुटा खबरका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिनु भयो । २०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरिर अपाँगता भएका  बारेमा भाद्र २१ गते समाचार प्रकाशन संगै अभियान शुरु गरेको थियो । समाचार प्रकाशन पछि हङ्गकङ्ग निवासी नेपालीहरुले यस अघि २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिसकेकाछन । सहयोग गर्नेहरुमा हङ्गकङ्ग बसोबास गर्दै आउनुभएका शर्मिला गुरुङ(लमजुङ) ,टिकामाया गुरुङ(कास्कीं), समु राई र सारदा राई ९खोटाङ्ग०को पहलमा उक्त सहयोग जुटेको थियो ।

धनकुटा खबर अनलाईनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ रुपैया संकलन गरेर शुरु गरेको यो अभियानमा स्वदेश नेपाल डट कमबाट रु ५ हजार, पाथिभरा न्यूज डट कमबाट रु २ हजार २ सय २२, नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत नुवाकोट २ लिखु गाउँपालिकाका टिकादत्त ढकालले रु ५ हजार, ईटहरी निवासी निरु मगरले रु ३ हजार सहयोग गर्नुभएको छ । त्यस्तै हाल मलेशियामा कार्यरत काजी राईले ४ हजार सहयोग गर्नु भएको छ । यो अभियानमा हङ्गकङ्ग निवासी महिलाहरुको सहयोग बाहेक धनकुटा खबरको खातामा ३० हजार ३ सय ३३ जम्मा भएको रकम हस्तान्तरण गरी अभियान बन्द गरिएको हो ।

अभियानमा कुल २ लाख ४३ हजार ५ सय ५३ जम्मा भएको छ । यद्यपी बालक सन्देशको टाउकोमा कपाल उमार्न ६ लाख चाहिने र टाउकाको घाउ निको भएको हुंदा हाल उक्त रकम आफ्नै खातामा संकलित रहेको बाजे जित बहादुरले जानकारी दिनुभयो । हाल उमेरका कारण अपरेशन नहुने भएकाले संकलित रकम सन्देशको पढाईमा खर्च गर्दै आवश्यक फ्लोअप उपचार गर्दैगर्ने बाजे जीतबहादुरले जानकारी दिनुभयो ।