प्रयटन प्रबधनको पर्खाइमा धौलागिरी

२०७५ पुस १ आइतवार
developer_admin

सचिन्द्र श्रेष्ठ बिश्व पर्यटन दिवस सन् १९८० देखि मनाईरहेता पनि हालसम्म नेपालले गतिलो आफूलाई पर्यटकीय क्षेत्रको रुपमा बिश्वसामू चिनाउन सकिरहेको छैन् । सधैजसो हुने कार्यकम, गोष्ठी, बैठक भएता पनि यसले केहि प्रभाव पार्न सकेन।बर्षे्नि हुने यस्ता कार्यकम दिगो नहुनु, गतिलो प्रचार प्रसार नहुनु पनि एक कारक तत्व एवंं चुनौती नै खडा भई सकेको छ । नेपाल प्राकृतिक, सास्कृतिक, भौगोलिक, सामाजिक रहनसहनले भरपूर एउटा फुल प्याकेज रहेपनि गतिलो प्रचार प्रसार नहुनुले नेपाल अत्यन्त पछाडि परेको देख्न सकिन्छ । पर्यटन भन्नाले मनोरञ्जन वा दिल बहलाउने उद्देश्यले गरिने भ्रमण, घुमफिर गर्ने कार्य हो ।

 

यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । यसको व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । कुनैपनि ठाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक विशेषताको अवलोकन गर्न तथा विभिन्न उद्देश्य लिएर एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने मानिसलाई पर्यटक भनिन्छ भने यसरी आउने पर्यटनलाई आवश्यक आवास, भोजन, मनोरञ्जन, पथ प्रदर्शन साधन आदि सुविधा र सेवा उपलब्ध गराई अर्थ अपार्जन गर्ने व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटनलाई आन्तरिक र बाह्य पर्यटनको रुपमा छुट्याउन सकिन्छ । नेपाल असिमित पर्यटकीय संभावनाहरु भएको देश हो ।

यसका बिभिन्न फाइदाहरु छन । जसका कारण बिदेशी मुद्रा संकलन, रोजगारको सिर्जना, राष्ट्रका सम्पति, प्रचार प्रसार गरी बिदेशमा चिनाउन सहज हुनु, धार्मिक सांस्कृतिक रहनसहन आदान प्रदान हुनु, घरेलू उद्योग बस्तुको अगाढ प्रयोग भई नेपालको राष्ट्रिय आयमा तिब्र बृद्धि हुनुले राष्ट्रको महत्व थप मजबूत बनाउन सफल हुनसक्ने देखिन्छ । नेपाल भित्रको सानो क्षेत्र धौलागिरीको कुरा गर्दा यो पनि धेरै नै पर्यटकीय सम्भावना भएको क्षेत्रको रुपमा चिनिन सफल छ । तर यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहरको खानी भएरपनि उचित प्रचार प्रसार, केन्द्रीय स्तरमा राजनीतिक पहुँच, बिकट, भौगोलिक भू–भाग आदिका कारण ओझलमा पर्दे आई रहेको छ । धौलागिरीका यी चार ठाउँ जुन पहिलो धौलागिरीको प्रबेश द्वार भनौ पर्वतको कुश्मा, बागलुङ, म्याग्दी, बेनीका साथै मुस्ताङ जोमसोम रहेका छन । जहाँ यी भाग प्राकृतिक हरियाली, धार्मिक तीर्थस्थल, ऐतिहासिक दरबार, सास्कृतिक रहनसहन, साहित्य, लोक संगीतको उदगम् स्थल भनेर पनि फरक नपर्ला । यस्ता बिबिधताको खानी भएरपनि पछि पर्नु यस क्षेत्रको लागि दुर्भाग्य नै ठान्नूपर्ने अवस्था आएको छ ।

नजिकैको पोखरामा आउने पर्यटकलाई धौलागिरीसम्म तान्न के कसरी सकिन्छ ? त्यसमा ध्यान जानु जरुरी छ । स्वर्गको टुक्रा भन्दा फरक नपर्ने मुस्ताङका धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न हजारौको संख्यामा मानिस साथै लोमन्थांग, धौलागिरी हिमश्रृंखला, अन्नपूर्ण हिम पर्वत, तातोपानी पर्वत, बागलुङ, बेनीको बाटो भएर हिड्नेलाई कसरी आफ्नो ठाउँमा २ दिन बढ़ी रँखन सकिन्छ त्यों हेर्नु आवश्यक हो । जसका लागि बजारमा रहेका होटल, गाउँ घरमा हुने होमस्टे, लजले उचित स्किम, अफर या यातायात ब्याबसायीले प्रवाह गर्ने यातायातका साधनमा समेत पर्यटकको ख्याल गर्नुपर्दछ ।

म्याग्दी बेनीको संस्कृति, धार्मिक र प्रकृतिको संगम स्थलका साथै पर्यटकलाई देखाउनका लागि बजार वरीपरि केभहिल, लभ्लीहील, पर्वत राज्यको राजधानी ढोल्ठान, कोट भण्डार, महारानी थान, गलेश्वर, जगन्नाथ, टोड्के धुरी, बौद्ध स्तुपा, बेनी शिवालय, भगवति मन्दिर, पुलत्स्य पुलहाश्रम, तातोपानी कुण्ड लगायतका सम्पदाहरु छन् । धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी पदमार्ग, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, पुनहिल्ल, खोप्रा, मोहोरडाँडा, ताकम कोट, टोड्के, रुपसे झरना ,संसारकै गहिरो अन्ध गल्छी, भाले वास्ने ताल आदि छन | साथै बागलुङ पनि यस्तै सम्पदाहरु, पौराणिक नेवारी संस्कृति, नेपालकै ठुलो ढोरपाटन शिकार आरक्ष, भकुण्डेको दह, कालीकामाई मंदिर, घुम्टे लेक, लामो पुल, गल्कोट क्यानयोंङ, दरबार, भैरब थान, गौरी धाम, पञ्चकोट आदि हुनु पनि यसले धौलागिरी के रहेछ भनेर संसार सामू चिनाउन सकेको छ ।

यही मध्येको धौलागिरी कै ट्रान्जिट पोइन्ट भनेर पनि फरक नपर्ने पर्वत पनि लामा र अग्ला पुल, गुप्तेश्वर, अल्पेश्वर गुफा, डहरेको लेक, सेतीवेणी तीर्थ धाम, शिवालय मन्दिर, पञ्चासे, दुर्लुङकोकोट साथै क्यानयोंङ, मोदीबेनि धाम, कालीगण्डकी ¥याफ्टिङ, मल्लाज दरबार, पैंयू दरबार बन्दै गरेको बञ्जिजम्प पनि एक रहेको छ । यसरी हेर्दा धौलागिरी पनि नेपालभित्रको अत्यन्त हेर्न लायक सम्पदा, धार्मिक पर्यटकीय स्थल गुणस्तरिय आवास रहेको हुँदा पर्यटन विकासमा पूर्वाधार गर्न सरकारले आर्थिक समृद्धि तथा मुलुकभित्रै रोजगारी सिर्जना गर्ने प्रमुख स्रोतको रुपमा पर्यटन क्षेत्रलाई आवश्यक पूर्वाधार, पर्यटनमैत्री वातावरण सिर्जना गर्ने र प्रचारप्रसारमा पनि ध्यान दिनु पर्दछ ।

पाँच वर्षमा २५ लाख पर्यटक भित्र्याउने कुल गार्हथ्य उत्पादन (जीडीपी) मा यस क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने पर्यटन मन्त्रालयले योजना निर्माण गरेको हुँदा अहिले घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कार्यान्वयनका लागि ६ वटा भाषा (अंग्रेजी, चाइनिज, स्पेनीस, फ्रेञ्च, जर्मनी र रसियन) मा वेभसाइट बनाउने र डिजिटल मार्केटिङ गर्ने तयारी बोर्डले गरेको थियो यी चाँडै लागु होस् र नेपाल एवं धौलागिरीको समग्र पर्यटन प्रबधनमा टेवा पुगोस् । अस्तु !