New from Nepal

शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि

काठमाडौं, १२ पुस । बिहीबार शेयर बजारमा उतारचढाव बीच परिसूचक नेप्से घटेको छ । बजारमा उच्च बृद्धि भएको मौकामा शेयर विक्री गरी नाफा सुरक्षित गर्न लगानीकर्ताले विक्रीचाप बढाएका छन् ।

सरकारले शेयर बाजर प्रति सकारात्मक बन्दै नीतिगत लचकता अपनाएको छ । जसले गर्दा बजारमा लगानीकर्ता उत्साहित भएका छन् । कारोबार रकम ९ महिना यताकै उच्च भएको छ । १ सय ७४ कम्पनीको १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तर बजारमा उच्च बृद्धि भएको मौकामा नाफा सुरक्षित गर्न लगानीकर्ताले शेयर विक्री बढाएका कारण तिब्र उतारचढावबीच नेप्से परिसूचक भने घटेको छ । नेप्से १ अंक ले घटेर १ हजार २ सय १५ अंक नजिक बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ ।

आकर्षक लाभांश दिने घोषणा गर्न लागेको हल्ला चलेका कारण नेपाल लाइफ इन्सुरेन्सको शेयर कारोबार १४ करोड ८६ लाख रुपैयाँ बराबरको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *