डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति

Vianet

डडेल्धुरा, १४ पुस । डडेल्धुराको बागबजारमा गएराती आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ २० लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ ।

Vianet

प्रहरीका अनुसार क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ । प्रहरीले विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरेको छ । आगलागीबाट किराना पसलको गोदाममा रहेका सरसामानसहित नगद जलेर नष्ट भएको सञ्चालक नारायण भट्टले बताए । अमरगढी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिएका थिए ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री