झापा १५,पुष।झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुले दिएको सूचनाको आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका-१० मा डेरा गरी बस्ने बर्ष ४२ को भीम बहादुर अधिकारी निजको श्रीमती बर्ष ३८ की ओममाया अधिकारी र भीम बहादुरकी साली बर्ष ३६ की रेवतीमाया डाँगीले बिक्रिवितरण गर्ने गरेको खुल्न आए पछी उनीहरुलाई समेत २०२ ग्राम खैरो हेरोईन सहित कोठाबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागू औषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
Leave a Reply