६ महिनाको सम्झौताः दुई वर्षसम्म काम अधुरै !

२०७५ पुस १५ आइतवार
Newsdesk shikharnews

हरिश चन्दः डडेल्धुरा १५ पुस । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु जोड्ने मुख्य महाकाली राजमार्गको रिसोलिङ गर्ने काम ढिलाइहुँदा यात्रुहरुले सास्ति खेप्नु परेको छ । सडक खण्ड निर्माणको सम्झौता भएको ६ महिनामा भित्र सम्पन्न गर्नु पर्ने भएपनि दुई वर्ष बितिसक्दा समेत निमार्ण हुन नसकेको हो ।

ठेकेदारको चरम लापारवाहिका कारण सम्पन्न हुन सकेको छैन । समयमै काम सम्पन्न नहुँदा एका तर्फ सडक जिर्ण बन्दै गएको छ भने अर्को तर्फ दुर्घटनाको जोखिम बढेको छ । २०७३ साल माघ महिनामा सम्झौता गरिएको थियो । ६ महिना भित्र महाकाली राजमार्गको कैलालीको गोदावरी नजिकदेखि कैलाली कै फल्टुडेसम्मको ३९ किलोमिटर सडक रिसोल गर्नुपर्ने सम्झौता भएको दुई वर्ष वितिसक्दा पनि काम सम्पन्न भएको छैन ।

काम गर्नका लागि निर्माण व्यवसायीलाई पाँच पटकसम्म पत्राचार गर्दा पनि अटेरी गरिरहेको डिभिजन सडक कार्यालय कञ्चनपुरका निमित्त प्रमुख ईन्जिनियर खगेन्द्र वहादुर शाहीले वताउँनु भयो ।

ठेकेदारले समयमै काम नगर्नाले अन्य विकासका काममा समेत असर पुगेको शाहिकामे भनाई रहेको छ । पटक पटक पत्र काटेके फोन गर्दा समेत फोपनि नउठाउने राजनितिक पावरका भरमा ठेक्क गर्ने परिपाटिले समस्या आएको समेत ईन्जिनियर मोहन हमालले जानकारि दिएका छन् ।

२ करोड भन्दा बढी रुपैयाँ मोविलाईजेशन भनेर लिएको पैसा अर्को ठेकामा लगानी गर्ने समेत हमाले जानकारी दिए । उक्त महाकाली राजमार्ग अन्तरगतको ठेक्का राजेन्द्र, केएस र आशीष जेभीले निर्माण गर्ने जिम्मेवारी पाएका आशीष निर्माणका प्रोप्राईटर टेक बहादुर सेटीको दादागिरिले हालसम्म पनि रिसोलको काममा गति नलिएको कार्यालय श्रोतले जनाएको छ ।

डिभिजन सडक कार्यालयको मुल्य अभिवृद्धि कर सहितको कुल रकम ७ करोड ११ लाख रुपैयाँ भन्दा वढीको लागातमा रिसोल गर्नका लागि राजेन्द्र, केएस र आशीष जेभीले निर्माण गर्ने जिम्मेवारी पाएको थियो । म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको भएपनि सडक विभागले म्याद थप गरेको छैन ।

निर्माण व्यवसायीले २ करोड भन्दा वढी रुपैयाँ मोविलाईजेशनका रुपमा लगि सकेका छन् । समयमै रिसोल अर्थात मर्मत नहुँदा यो सडक जिर्ण बन्दै गएको छ । महाकाली राजमार्ग अन्तरगत सडकमा दैनिक हजारौं यातायातका सवारी साधन संचालन हुने गरेका छन् ।