उदयपुर १५,पुष। उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माणाधिन भईरहेको आँखा अस्पतालको लागि नेपाल स्थित जापानी राजदुताबासले ८८ लाख सहयोग गरेको छ। आज उदयपुर आखा अस्पतालको भवनमा पत्रकार सम्मलेनको आयोजना गरी नेपाल नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले सो कुराको जानकारी गराएका छन।
जापानले उदयपुरमा आँखा अस्पताल निर्माण गर्न नेपाललाई ८८ लाख रुपैयाँ अनुदान सहयोग स्वरुप दीएको हो, सहयोग उपलब्ध गराउने सम्बन्धी सहमतिपत्रमा शुक्रबार काठमाडौैंस्थित जापानी दूतावासमा जापानी राजदुत श्री मासामिची साइगो र नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतबीच हस्ताक्षर भएको थियो।
नेत्रज्योति संघले सन २००८ देखी उदयपुरमा आँखा उपचार केन्द्र सन्चालन गर्दै आइरहेको छ । प्राथमिक तह सम्मको सेबा सुबीधा दिदै आएको आँखा उपचार केन्द्रले दैनिक ६० जना भन्दा बढी लाइ सेवा दिदै आइरहेको र हालसम्म आँखा उपचार केन्द्रमा सेवा लिन आउनेको संख्या १ लाख २६ हजार ८ सय ३२ पुगेको आँखा उपचार केन्द्रको तथ्यांक रहेको छ ।
Leave a Reply