New from Nepal

बोनस ऐन संशोधन हुँदै

काठमाडौं, १६ पुस । सरकारले श्रमिकले पाउँदै आएको थप सुविधा कटौती गर्ने भएको छ । विद्यमान बोनस ऐन, २०३० संशोधन गर्दै सरकारले श्रमिकले पाउने बोनसमाथि कटौती गर्ने भएको हो ।

सरकारले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ आएपछि बोनस ऐन, २०३० लाई संशोधन गर्न बनेको विधेयकको प्रस्ताव व्यवस्थापिका–संदमा दर्ता गराएको हो ।

बोनस ऐन संशोधनले कम्पनी स्तरको कल्याणकारी कोषबाट श्रम ऐन बमोजिम श्रमिकलाई प्रदान भइरहेको सुविधा भुक्तानी बन्द हुनेछ । उक्त कोषबाट कर्मचारीहरुले उपचार खर्च, विवाह खर्च, शैक्षिक खर्च, आकस्मिक लगायत पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *