Shikhar News

News from Nepal

आजको मौसमः पहाडमा हिमपात

काठमाडौं, १७ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ । पश्चिम पहाडी क्षेत्रका केहि स्थानमा हल्का वर्षा हुने छ ।

महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

सुर्याेदय विहान ६ बजेर ५४ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *