काठमाडौं, १७ पुस । सफला एकादशी आज, भगवान विष्णुको विधिपूर्वक पूजा आराधना गरी मनाइै छ । हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ ।
सफला एकादशीमा व्रत गरे ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ ।एकादशीका दिन बिहानै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान विष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्ने गरिन्छ ।
भोलि बिहान बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै ब्रतालुले भोजन गर्ने परम्परा छ ।
Leave a Reply