New from Nepal

विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै

काठमाडौं,  १८ पुस। नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुलाई कारबाही सिफारिस गरेको छ ।

उपसमितिको मंगलबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म बसेको बैठकले विमान खरिदमा झण्डै ४ अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्न नागरिक उड्डयनमन्त्रीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।

घोटालामा मन्त्रीहरुको पनि प्रत्यक्ष÷अप्रत्यक्ष संलग्नता रहेको ठहर उपसमितिको छ । वाइडबडी विमान खरिदमा वर्तमान मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र देव र जीवनबहादुर शाही संलग्न छन् ।

पूर्वमन्त्री शाहीको पालामा खरिद प्रक्रियाको थालनी तथा बैना भएको थियो । अर्का पूर्वमन्त्री देवको पालामा पहिलो किस्ता र हालका मन्त्री अधिकारीको पालामा दुई किस्ता रकम पठाएपछि दुईवटा वाइडबडी जहाज गत असार र साउनमा नेपाल ल्याइएको थियो । –नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *