New from Nepal

समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए

काठमाडौं, १९ पुस । कर्मचारी समायोजनका लागि २६ हजार १ सय ३० जना कर्मचारीले अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । सरकारले यहि पुस ११ गतेदेखि २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको थियो ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १ सय ३० जनाले नाम दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासनले जनाएको छ ।
तीमध्ये १९ हजार ८ सय ६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २ सय ६२ जनाले समायोजनका लागि फारम समेत भरिसकेका छन् ।

समायोजनका लागि फारम भर्न सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ । आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोट मार्फत समायोजन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *