काठमाडौं । अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी पाँच अफगान सैनिकको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाही स्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो ।
गत तीन दिनयता अफगानिस्तानमा भएका विभिन्न झडप र आक्रमणमा परी १५ जना अफगान सुरक्षा बलका अधिकारीको मृत्यु हुनका साथै अन्य ४० जना घाइते भएका छन् ।
Leave a Reply