पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर

Vianet

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै ९ महिना कैद, ७९ लाख ८७ हजार रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको छ ।

Vianet

न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य, नारायणप्रसाद पोखरेलको इजलासले बिहिबार भट्टरार्ईलाई दोषी ठहर गर्दै फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसमध्ये ७९ लाख ८७ हजारको मात्र सम्पत्तिको स्रोत नदेखिएको अदालतले ठहर गर्दै भ्रष्टाचारी ठहर गरेको हो । हाल उनी नयाँ शक्ति नेपालमा राजनीति गर्दै आइरहेका छन् ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री