New from Nepal

निकै हतारमा थिइन् सारा अली खान

एजेन्सी। बलिउड नव नायिका सारा अली खान बिहीबार मुम्बई विमानस्थलमा देखिइन्। विमानस्थलमा उनी निकै हतारमा देखिएकी थिइन्। कतिसम्म भने उनी फोटोग्राफरलाई पोज दिनसमेत उभिइनन्।

भारतीय संचारमाध्यमका अनुसार सारा नयाँ वर्षको छुट्टी मनाएर मुम्बई फर्किएकी हुन्। साराको विमानस्थलको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ। समाजिक प्रयोगकर्ता उनीलाई ट्रोल गरिरहेका छन्।

सामाजिक संजाल प्रयोगकर्ताले साराको यो भिडियोको मजाक उडाएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्–ये कौन हो। ..हवा हवाई।’ अर्का एक जनाले प्रश्न गर्दै लेखेका छन्–भिडियो फास्ट फारवर्ड हो वा सारा आफैं छिटो हिडिँरहेकी छन्।’ अर्का एक जना प्रयोगकर्ताले लेखेका छन्–हाहा यस्तो लाग्छ कोही यिनको पछि परेको छ।’

फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली यतिबेला फिल्म सिम्बाका कारण चर्चामा छिन्। रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्ममा साराको अपोजिट रोलमा रणवीर सिंह छन्। यो फिल्मले ६ दिनमा १३८ करोडको व्यापार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *