कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित

Vianet

काठमाडौँ, २० पुस । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गरेको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो।

Vianet

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ु लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड) विधेयक, २०७५ सदनमा पेश गरे।

बैठकले विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य तथा पूर्ववन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनप्रति शोक प्रकट गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद शर्माको पुस १६ गते हृदयघात भई उपचारका क्रममा ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही पुस २५ गते बुधबार बिहान ११ बजे बस्नेछ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री