काठमाडौं । सरकारले अध्यादेश मार्फत कर्मचारी समायोजन गर्न लागेपछि सरकार विरुद्ध कर्मचारी सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका ३३० जना कर्मचारीले सर्वोच्चमा सरकार विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
कर्मचारीको आन्दोलन गरेपछि सरकारले वार्ता गरी समस्या समाधान गरेपछि पनि अदालत गएका हुन् । संघीयता कार्यान्वयनसँगै सरकारलाई कर्मचारी समायोजन निकै चुनौती बन्दै गएको छ ।
अध्यादेश संसदबाट पारित भै कार्यान्वयनमा आइसकेको भैसकेको अवस्थामा कर्मचारी सर्वोच्च पुगी सरकार विरुद्ध रिट निवेदन दर्ता गरेका हुन् । कर्मचारी समायोजन ऐनविरुद्ध कर्मचारी अदालत पुग्दा समायोजनमा असर पर्ने देखिएको छ ।
कर्मचारीहरु जनताको सेवाका विषयमा एक शब्द पनि उच्चारण गर्न चाहन्नन् । उनीहरु आफ्नो सेवा, सुविधालाई लिएर सर्वोच्चमा रिट निवेदन दिएका हुन् । उनीहरुले विशुद्ध आफ्नो सेवा, सुविधा कम भएको, सरुवा बढुवामा असर परेकाले विधेयक गलत भएको दाबीसहित मुद्दा दर्ता गरेका हुन् ।
विकास डंगोलसमेत ३ सय ३० जना कर्मचारीले रिट दायर गरेका हुन । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।
Leave a Reply