New from Nepal

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारका काम कारवाहीबारे जानकारी गराएपछि कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले सभामुख कृष्णबहादुर महराले प्रश्न सोध्न पाउनुपर्ने अधिकारबाट बन्चित गरेको भन्दै रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक बस्न सकेको थिएन । आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न पाउनुपर्ने माग गर्ने जनाएको छ । हिजो संसदीय दलको बैठकमार्फत प्रश्न गर्ने ब्यवस्था गर्न सभामुख महरासँग आग्रह गरेको थियो ।

(hhcdropshipping.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *