New from Nepal

निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय सभाको बुधबार चलेको बैठकमा नेकपा सांसाद रामनारायण बिडारीले निर्मला हत्या प्रकरण र रेशम चौधरी सपथ र उनको थुना मुद्दाबारे विशेष समय लिएर बोलेका छन्।

बिडारीले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानबाट नतिजा नआएकोमा गरिएको विरोध जायज नभएको तर्क गरेका छन्।

कुनै मुद्दाको अनुसन्धान प्रकृया लामो हुने भन्दै उनले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि काठमाडौंकै सडकमा दिउँसै गोली हानेर हत्या गरिएको र निकै समय पछि उनका हत्यारा पत्ता लागेको भन्दै निर्मलाका हत्याराहरू पनि पक्राउ पर्ने उनले जिकिर गरे।

उनले निर्मला प्रकरणमा प्रमाण मेटाउनेविरुद्ध सरकारले कारबाही गर्नुपर्ने बताए । उनले सरकारको बचाउन गर्न न्यायाधीश बम हत्या काण्डको सहारा लिँदै अपराधी ढिला पक्राउ पर्न सक्ने बताए ।

उनले रेशम चौधरीलाई अपराधी नै हो भनेर संसदबाट कतिपय सांसदहरूले ठोकुवा गरेका भन्दै बिडारीले सांसदहरूले को हत्यारा र को निर्दोष ठहर गर्ने काम गर्ने हो भने अदालत किन चाहियो ? भन्दै प्रश्न गरे। उनले चौधरीलाई शपथ ग्रहण गराउनु जायज भएको तर्क गरे ।

नेकपाका अर्का सांसद खिमलाल देवकोटाले वाईडबडी प्रकणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छानविनको दायरामा ल्याउनु पर्ने बताए ।

उनले देउवाकै पालामा उनले नै मन्त्रालय सम्हालेको अवस्थमा विमान खरिदका लागि बैना रकम दिएको भन्दै देउवामाथि पनि छानविन हुनुपर्ने तर्क गरे ।

https://www.youtube.com/watch?v=9p58MBNzH2s

Leave a Reply

Your email address will not be published. Required fields are marked *