दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
२०८१ कात्तिक २० मंगलवार
काठमाडौं, २५ पुस । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बारेमा संसदमा संकल्प प्रस्ताव पेश गरेकी छन् ।
सरकारले निर्मलाको हत्या भएको ६ महिना वितिसक्दा पनि अहिलेसम्म दोषीलाई पक्राउन गर्न नसकेको भन्दै बाध्य भएर संसदमा संकल्प प्रस्ताव दर्ता गरेको जानकारी दिएकी छन् ।
संकल्प प्रस्तावको पूर्णपाठ
सचिव,
प्रतिनिधि सभा ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम देहाय बमोजिमको संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएको छु ।
संकल्प
नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकारलाई सुनिश्चित गरेको छ । तर कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा. नं २ की १३ बर्षीय बालिका निर्मला पन्तको वलात्कार पश्चात हत्या भएको (२०७५ श्रावण १०) ५ महिनासम्म पनि अपराधी पहिचान नहुँनु सरकार शुन्यताको अवस्थामा पुगेको अनुभूती भईराखेको छ । घटनाको सत्य तथ्य पत्ता लगाउन आयोग माथी आयोग गठन गर्दै सरकारले प्रतिवेदन वुझि राखेको छ ।
तर सरकारले प्रतिवेदनहरु सार्वजनिक गर्ने हिम्मत गरिराखेको छैन । यसले आम जनमानसमा निर्मला पन्तको घटनामा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका गरिराखेका छन् ।
अनुसन्धानका नाममा लागूपदार्थ दुव्र्यसनी, मानसिक सन्तुलन ठिक नभएका र निर्दोष युवाहरुलाई यातना र विभिन्न आर्थिक प्रलोभन लगायतका आश्वासन दिई जवरजस्ती जिम्मेवारी लिन लगाउने प्रहरी प्रशासनको क्रियाकलापले घटनालाई थप शंकाको घेरामा ल्याएको छ ।
निर्मला हत्या काण्डको चौतर्फी दवावका बाबजुत सरकार उदासिन र तथ्यलाई वाहिर ल्याउन नसक्नु अत्यन्त खेदजनक छ । यस घटनाले सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमानै बदनाम भईरहेको छ भने कम्युनिष्ट शासनमा यस्ता घटनाहरु सामान्य मानिन्छन्, भन्ने धारणा बन्दै गईरहेको छ ।
पीडितले न्याय पाउनुको सट्टा थप अन्यायको शिकार हुँदैं गईरहेको कुरा निर्मला पन्तको वावुको मानसिक सन्तुलन गुमेको कुराले पनि थप पुष्टि भएको छ । सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो संकल्प प्रस्ताव दर्ता गर्दछु ।