काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले बिहीबार पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दलहरुप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले पृथ्वीनारायण शाहको दृव्योपदेश वर्तमान अस्वस्थामा सान्र्दभिक रहेको भन्दै देश यतिबेला सकसपूर्ण अवस्थामा रहेको बताएका छन् ।
उनले दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘भूलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जून सकसपूर्ण र कष्टपूर्ण अवस्थाबाट गूज्रदैंछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ । नेपाल “चार वर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया” भन्ने दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभुमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ।’
देश गणतन्त्रको कार्यान्वयनको चरणमा रहेका बेला पूर्वराजाले पृथ्वीनारायणको दिव्योपदेश सम्झाएर दलहरुलाई मिल्न नसकेकोमा असन्तुष्टि जाहेर गर्न खोजेको जस्तो दिएको छ ।
ज्ञानेन्द्रले दिएको शुभकामना सन्देशः
नेपाली राष्ट्रिय एकताका प्रवर्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शूभ अवसरमा म समस्त नेपाली दिदी बहिनी तथा दाजू भाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शूभकामना व्यक्त गर्दछू ।
एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निमार्णमा वलिदान गर्ने तमाम वीर वीरंगना एवं सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भूलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जून सकसपुर्ण र कपटपूर्ण अवस्थाबाट गूज्रदैछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ ।
नेपाल “चार वर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दूःखले आज्र्याको मूलूक होइन सबैलाई चेतना भया” भन्ने दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभुमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ । एउटा नागरिकको निम्ति देशभन्दा ठुलो अर्को कूनै बाद वा विचार हून सक्दैन । नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू¥याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कूनै वाद र विचारका आडमा गरिनू हूंदैन भन्ने मेरो मान्यता रहेको छ ।
नेपाल रहंदा मात्र नेपाली हूनूको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हूने विश्वास हामीले गरेका छौं ।
जय नेपाल ।
Leave a Reply