New from Nepal

बाबुले बस ब्याक गर्दा छोराको किचिएर मृत्यु

दमौली, तनहुँमा आज शुक्रबार बिहान एकजना बाबुले बस ब्याक गर्ने क्रममा किचेर उनकै छोराको मृत्यु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापालाई आफ्नै बाबुले रोकिराखेको बस ब्याक गर्दा किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु ब्लक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर छोरा विश्वास घाइते भएका थिए ।

घाइते थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्कर दिने बस र मृतकका बाबु प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *