उदयपुर,२७पुष।उदयपुरबाट प्रहरीले लागूऔषध गाँजा सहित १ युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने गोबिन्द परियारलाई पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कार्यालयले जनाएको छ ।
Leave a Reply