यस्ता-यस्ता छन् आजका खास-खास प्रहरी खबर

२०७५ माघ २ बुधवार
Newsdesk Shikharnews

अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ 
काठमाडौं, २ माघ
बाँके र रुपन्देहीबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके जानकी गाउँपालिका(१ बढैयाबाट खजुरा गाउँपालिका(५ बस्ने ३२ वर्षीय लुले खाँलाई अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी साईगाँउबाट खटिएको प्रहरीले खाँलाई शंका लागि जाँच गर्दा गक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रुपन्देही बुटवल उपमहानगरपालिका(१ ईट्टाभट्टीस्थित सोही उपमहानगरपालिका(१३ मझुवा बस्ने २५ वर्षीय शिव मल्ल र सोही उपमहानगरपालिका(१३ सुन्दरनगर बस्ने २७ वर्षीया विनी थापालाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम २ सय ७० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा उद्दार, ३ जना अभियुक्त पक्राउ 
कैलाली, २ माघ
कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा कैलाली गोदावरी नगरपालिका(६ तेघरी घर भई धनगढी उपमहानगरपालिका(४ उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय बशन्त भाटलाई प्रहरीले उद्दार गरेको छ ।
उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका(२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका(२ बैयाबेहडी बस्ने १९ वर्षीय कुन्दन जोशी र कैलाली धनगढी उपमहानगरपालिका(२ बैयाबेहडी बस्ने १९ वर्षीय हर्केश बागलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोही होटलमा काम गर्ने चक्र खड्का समेत ६ का जनाले कुटपिट गरी जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरी लगेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा बशन्त भाटलाई बन्धक बनाई राखि कुटपिट गरेको अवस्थामा फेला पारेको हो । साथै प्रहरीले उनीहरुको साथबाट से। ७ प ३४४५ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।
घटनाम संलग्न अन्य फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध सामान बरामद

मकवानपुर, २ माघ
हेटौंडा उपमहानगरपालिका(४ नन्दस्थान रोडस्थित सडकबाट ७ वटा प्लास्टिकको बोरा भित्र विभिन्न साडी, कुर्ता र कोट लगायतका करिब १३ लाख २४ हजार रुपैयाँ बराबरको कपडाहरु फेला पारी मंगलबार दिउसो प्रहरीले बरामद गरेको छ ।
सडक किनारमा भन्सार छली तथा चोरी पैठारी गरी बिक्री बितरण गर्नको लागि कपडा लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त कपडाहरु फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु 
काठमाडौं, २ माघ
मोरङ, झापा र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
मोरङ केराबारी नगरपालिका(८ केराबारी चोकस्थित सडकमा को।२ च १९३५ नम्बरको पिकअप भ्यानले मंगलबार दिउसो ठक्कर दिँदा सोही नगरपालिका बस्ने होमबहादुर भण्डारीको ८ वर्षीय छोरा समिर भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा मेचीनगर नगरपालिका(७ पालिया पुलस्थित सडकमा ना।३ ख ४३९३ नम्बरको ट्याङकरले मंगलबार राति ठक्कर दिँदा सोही नगरपालिका बस्ने भारत घर भएका ४५ वर्षीय डेनीजोन शर्माको घटनास्थलमै मृत्यु भएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ लमही नगरपालिका(६ देउपुरस्थित सडकमा रा।२ प १५४३ नन्बरको मोटरसाइकल आफैं नियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(५ कक्षपती रोड बस्ने २७ वर्षीय नारायण खनालको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका फल्कापुर बस्ने २७ वर्षीय नारायण पौडेलको सोही अस्पतलमा उपचार भइरेहको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 विभिन्न धनमाल चोरी
काठमाडौं, २ माघ
काठमाडौं महानगरपालिका(३२ कोटेश्वर डेरा गरी बस्ने दोलखा फस्कु गाउँपालिका(७ घर भएका ४७ वर्षीय श्याम गुरुङको कोठाबाट नगद तथा सुनका गरगहना गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(३१ मध्येबानेश्वर बासुकी मार्ग बस्ने ५० वर्षीय धर्मराज पाण्डेको घरबाट नगद ३२ हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब ६ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(० गौशाला बिजय चोकस्थित पदम प्रसाद ढकालको न्यु प्रशिक्षा स्टोरबाट नगद १ लाख रुपैयाँ बुधबार बिहान चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 आगलागीबाट विभिन्न धनमाल नष्ट
काठमाडौं, २ माघ
सर्लाही, रौतहट, सुनसरी, मोरङ, बारा र डोटीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सर्लाही बरहथवा नगरपालिका(११ बियर बस्ने तेजनारायण रायको घरमा मंगलबार दिउसो आगलागी हुँदा घर तथा घरभित्र रहेको सरसामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सर्लाही, बसपरिया गाउँपालिका(२ लौकाए बस्ने शान्तीदेवी दासको फुसको घरमा मंगलबार दिउसो आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा, अन्नपात पूर्णरुपमा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट राजदेबी नगरपालिका(६ बस्ने ६५ वर्षीय रामनारायण ठाकुर लगायत ३ जनाको खेतमा लगाएको उखुमा मंगलबार साँझ आगलागी हुँदा करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी ईटहरी उपमहानगरपालिका(१० बस्ने ३२ वर्षीय राजेन्द्र चौधरीको फुसको छाना भएको घरमा बिजुली सर्ट भई मंगलबार साँझ आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्तकपडा समेत जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ बिराटनगर महानगरपालिका(११ बस्ने नागेश कोईरालाको अन्दाजी ४ बिघामा लगाएको उखुबारीमा मंगलबार दिउसो आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा निजगढ नगरपालिका(६ भवराटोल बस्ने गणेशबहादुर थापाको भन्साघरमा भात पकाउने क्रममा आगो सल्किन गई घरमा मंगलबार दिउसो आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन समेत जलेर करिब ४ लाख रुपायँ बराबरको धनमाल नष्ट भएको छ ।
डोटी दिपायल सिलगढि नगरपालिका(६ नाचनथलि बस्ने बहादुर बोहोराको घरमा सोही नगरपालिका बस्ने रंजन नेपाली लगायत ३ जनाले संचालन गरेको पसलमा बिजुली सर्ट भई बुधबार बिहान आगलागी हुँदा मोबाईल पसल, कपडा पसल र कपाल काट्ने शैलुन पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुल्न सकेको छैन ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै य

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।