ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
२०८१ कात्तिक १७ शनिवार
२०४६ साल अगाडि सम्म राजनीतिमा कुनै खास चासोनै नभएको मान्छे म । तर २०४६ सालको आन्दोलन चल्दै रहंदा कसरी राजनीति तर्फ आकर्षित हुन पुगें चालै पाएन । हजारौ हजार नरनारीहरु सडकमा, को बुढो, को वालक अनि को तन्नेरी सबैको मुखमा जिन्दावाद र मुर्दावादको नारा । प्रहरीको लाठीचार्ज, हातखुट्टा क¥याककुरुक, ताउको रक्ताम्य, कसै कसैको मृत्यु, एम्बुलेन्सको ट्याँ ट्याँ र टुंई टुई, भागाभाग, दौडादौड, जताततै कोलाहल । जानी नजानी आफुपनि आन्दोलनमा सरिक भइयो । धन्य गोली चैं लागेन तर ढाडमा भने मज्जैले लाठी बज्रियो ।
आन्दोलन के को लागि भनि बुझ्दै जांदा देशमा भइरहेको अन्याय अत्याचारको अन्त्य गर्न, देशमा बहुदल प्रणली ल्याउन र सुशाषणको लागि भन्ने बुझियो । सायद त्यसैको समर्थनका लागिनै होला मेरो सहभागिता पनि । आन्दोलन सफल भयो रे । चुनाव पनि सम्पन्न भए । दलिय सरकार पनि गठन भए । तर सरकारले बामे सार्न नपाउदै आफ्नै दल भित्रका नेताहरु विच मनमुताव आदि इत्यादिका कारण दल बदल तथा दलनै टुक्रिने जस्ता कार्यहरु देखापरे । नभन्दै २०६२÷६३ मा अर्को आन्दोलन चर्किए । फेरी उहि २०४६ सालको घटनाहरु दोहरिए । फेरि, आन्दोलन सफल भयो रे । अव त देशमा शान्ती हुने भो, विकास हुने भो भन्ने लागेका थिए जनतालाई । तर त्यसो भएन, दल बदल, दल टुक्रिने जोडिने क्रमले निरन्तरता पाइनै रहे ।
नेता कार्यकर्ता आफ्नो दल त्यागी अर्कै दलमा प्रवेश गर्ने होदवाजीनै चले । कम्युनिष्ट भनाउदाहरु काँग्रेस, राप्रपामा प्रवेश, काँग्रेस, राप्रपाका नेता कार्यकर्ताहरु कम्युनिष्टमा प्रवेश । कोहि राजपामा अनि कोहि फोरममा । को कता को कता । टिकाटालो, खादा, माला लगाई लगाई दलमा स्वागत । अनि नयाँ दलमा प्रवेश गर्नेहरु पनि दङ्क मानौं बल्ल सहि दलमा प्रवेश गरियो भने जस्तो । तर मलाई थाहै भएन किन यसरि दल बदल हुन्छ यहाँ भनेर । किन कि म कुनै पनि दलमा आबद्ध नभएको मान्छे परें ।
संस्थागत दलहरु टुक्रिने जोडने क्रम पनि सामान्य जस्तै बने । किन टुक्रिन्छ दलहरु यहां भन्नेवारे पनि धेरै सोचें । कहिले लाग्छ दलले अवलम्वन गरको नीतिनै ठिक नलागेर होला भनेर, कहिले लाग्छ दल भित्र आफुले गतिलो स्थान नपाएर होला भनेर । एमाले र माओवादी दलको कुरै नगरौ, भर्खरै एकिकृत भएका विवेकशिल साझा पार्टी समेत फुटीसकेको छ । एमालेवाट एक टुकडि माले भएर अल्लगिए । माओवादीवाट नयाँ शक्ति रे, मोहन बैद्य रे, विप्लव रे । त्यसैगरि राप्रपा पनि दुई टुक्रा । सवैको आआफ्नै दल । यसरि टुक्रिएका दलहरुले देश र जनताका लागि के गरे? अनि टुक्रिएर बाँकी रहेका दलहरुले पनि के पो गरे देश र जनताका लागि । देश र जनताका लागि त दल टुक्रिनु र जोड्नुमा कागलाई बेल पाक्यो हर्ष न विस्मात । धन्य नेपाली काँग्रेस टुक्रिने टुक्रिने संघारमा आउदा आउदै पनि अहिलेसम्म टुक्रिन चैं टुक्रिएको छैन चाहे दल भित्र जतिसुकै जुनसुकै विमति र खेमाहरु भए पनि ।
देश र जनताले चाहेको भनेको देशमा स्थाई सरकार होस, अनि स्थाई सरकारले देश र जनताको चाहना पुरा गरोस भन्ने मात्र हो । यसरि दल बदल अनि दल टुक्रिने जोडिने क्रम कहिले सम्म ? सायद मरो विचार गलत हुन सक्ला तर मलाई लाग्छ दल बदल, दल टुक्रिनु र जोड्नुको पछाडि अरु केहि नभएर भागबन्दा नमिलेको कारण जस्तो लाग्छ । व्यक्तिगत स्वार्थ पुरा गर्नकौ लागि यस्तो अदुरदर्शि कार्य भइरहेको जस्तो लाग्छ । एकातिर दल प्रमुखको एकोहोरो दम्भ र अर्कोतर्फ आफुहरुलाई बाइपास गरेको थान्नेहरुको विमतिकै कारण टुक्रिरहेका छन दलहरु यहां । कुनै पनि राजनैतिक दल भित्रका नेताहरुले यसप्रकारको नकारात्मक अभ्यासलाई तत्काल अन्त्य गर्नु पर्छ तर आजसम्मको घटनाक्रमलाई विश्लेषण गर्ने हो भने जनताले यसको अन्त्य तत्काल होला जस्तो विश्वास लिने ठाँउ भने अझै विकसित भएको देखिंदैन ।
गणेश शाक्य