खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई

Vianet

काठमाडौ ५,माघ। सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले थ्री स्टारलाई १–० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे ।

Vianet

खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई टच  हुँदै गोलमा परिणत भएको थियो ।
जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले भने १० लाख पाएको छ।

खेलमा निर्णायक गोल गरेका अभिषेक म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे भने उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए । उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिमद ११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए ।

 

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री