मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …

२०७५ माघ ६ आइतवार
Newsdesk Shikharnews

एजेन्सी – एक श्रीमतीले मोबाइलको पासवर्ड नदिएको निहुँमा आफ्नै श्रीमानलाई पेट्रोल छर्केर जिउँदै जलाएकी छन् । मोबाइलको पासवर्ड नदिएका कारण श्रीमानलाई जिउँदै जलाएको घटना इन्डोनेसियाको हो ।

इन्डोनपश्चिम नुसा टेङ्गोरा प्रदेश पूर्वी लम्बोर्क रिजेन्सीमा बसिरहेका २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । उनकी श्रीमती इल्हाम चहयानीले त्यही बेला उनको मोबाइलको पासवर्ड मागेकी थिइन ।

श्रीमतीलाई डेडीले पासवर्ड नदिएपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिटसमेत गरे ।

पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।

(cookwarejunkies.com)