काठमाडाैं। राजपा नेपालका संयोजक राजेन्द्र महतोले सरकारले संविंधान संशोधन नगरे सरकारविरुद्व पार्टी आन्दोलन गर्न बाध्य हुने बताएका छन्। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा ‘बलिदानी दिवस’ मनाउने क्रममा संयोजक महतोले सो कुरा बताएका हुन्।
उनले मधेश आन्दोलनकै कारण संघीयता आफ्नै घर आँगनमा देख्न पाएकोमा खुसी व्यक्त गदै संघीयतालाई कमजोर पार्न अहिले पनि सरकार लागिपरेको आरोप लगाए।
मधेशवादी दलहरुले प्रत्येक वर्ष माघ ५ गतेका दिनलाई वलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । २०६३ सालमा भएको पहिलो मधेश आन्दोलनको क्रममा माघ ५ गतेका दिन सिराहका रमेश महतोको गोली लागेर मृत्यु भएको दिनलाई सम्झना गर्दै वलिदान दिबस मनाउने गरेका छन्।
यसैबीच चक्रीय प्रणलीअनुसार राजपा नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आज ६ गतेदेखि महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ।
Leave a Reply