अब पुरुषहरूका लागि पनि गर्भनिरोधक सुई !

२०७५ माघ १० बिहीवार
NewsDesk ShikharNews

योभन्दा पहिले विशेषगरी महिलाहरूले असुरक्षित यौनसम्बन्ध पछि गर्भधारण रोक्न गर्भनिरोधक औषधिहरू लिंदै आएका थिए । अब महिलाहरूले यस्ता औषधिहरूबाट छुटकारा पाउन सक्छन् । खबरका अनुसार, छिटै नै पुरुषहरूका लागि यस्ता गर्भनिरोधक इन्जेक्सन(सुई)हरू बजारमा आउने भएका छन् ।

हालै भारतीय वैज्ञानिकहरूले पुरुषका लागि पनि गर्भनिरोधक इन्जेक्सनको विकास गरेका छन्, दावी गरिए अनुसार, जसको असर १३ बर्षसम्म रहने छ । इन्जेक्सनको परीक्षण सकिएको छ र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले यसको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ ।

छिटै नै यो इन्जेक्सन बजारमा ल्याउन अनुमति दिइने बताइएको छ । वैज्ञानिक चिकित्सकहरूले यो एउटा रिभर्सिबल इनबिसन अफ स्पर्म अन्डर गाइडेन्स हो । अब पुरुषको गर्भनिरोधका लागि अपरेशन गर्नुपर्दैन, यस इन्जेक्सनको प्रयोगले यो परेशानी हट्नेछ भनि एक चिकित्सकले दाबी गरेका छन् ।

पुरुष बन्ध्याकरण गर्दा जुन नशाको प्रयोग गरिन्छ त्यही नशामा यो इन्जेक्सन दिइनेछ । यसले स्पर्म टुट्न गई गर्भधारण हुन दिन्न । दुईवटा नशामा ६० एमएलको एक एक इन्जेक्शन दिएपछि यसले कार्य सुरु गर्ने दाबी गरिएको छ ।

चिकित्सकले यस इन्जेक्सनको मुसा, खरायो तथा अन्य जनावरमा परीक्षण गरिसकेका छन् । जनावर पछि ३०३ जनामाथि क्लिनिकल टेस्ट पनि गरिसकिएको छ । परीक्षणबाट ९९.२ प्रतिशतमा यो उपयुक्त सावित भएको बताइएको छ ।