“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
२०७५ माघ १० बिहीवार
NewsDesk ShikharNews
बिष्णु कुमार आले माग १०, अर्घाखाँची । "स्वच्छ चालक, सफल यात्रा" भन्ने मुल नारा सहित ट्राफिक प्रहरी अर्घाखाँचीले सवारी चालकहरूको अाज स्वास्थ्य परिक्षण गराएको छ । शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्य सम्म पुराउन नसक्ने निष्कर्ष सहित जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीले यस्तो अभियान सुरू गरेको हो । प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको गोरूसिङगे सन्धिखर्क सडक खण्ड र विभिन्न गाउँ जाने सडकहरू निकै सागुरो र घुम्ती मोडहरू भएका कारण दुर्घटना न्युनिकरण गर्ने उदेस्यले चालकले सवारी चलाउदा टाढाको सानो ,ठूलो वस्तु देख्न सक्छ कि सक्दैन । चालक मानसिक रूपमा स्वच्छ छ कि छैन । चालकको बि पि सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको अर्घाखाँची ट्राफीक प्रहरी प्रमुख प्रबिण आचार्यले बताए । अाज जिल्लाको सितगंगा ४ अमराई बजारमा सुरू गरिएको अभियानमा ६० जना सवारी चालक , सचालकहरूले अाफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य जाँच पछि मेडिकल बाट प्राप्त रिपोर्ट अनुसार ६० जना मध्ये ५ जना अाँखाको कमजोरी र १५ जनाको साविक भन्दा उच्च प्रेसर भएका चालक भेटिएकाले उनिहरूलाई अौषधी खान सल्लाह दिएको अस्थायी ट्राफिक पोष्ट ठाडाका ट्राफिक प्रहरी प्रकाश पोखरेलले बताए । जिल्ला भरि संचालन हुने मालवाहक, निजी तथा सवारी साधन गरि ७ सय बढि चालकहरू रहेका छन् । जिल्ला ट्राफिक प्रहरीले गएको हप्ता सन्धिखर्कमा ६९ जना चालकको स्वास्थ्य परिक्षण गराएको थियो । अागामी हप्ता सडक खण्डको नरपानीमा स्वास्थ्य परिक्षण गरिने छ । यसै गरि सबै चालक सचालकहरूको स्वास्थ्य परिक्षण गरिने ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता , ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख प्रहरी निरिक्षक गणेश बहादुर नरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्यले कार्यक्रमको उदेश्य बारे प्रकास पारेका थिए ।