New from Nepal

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर १२,माघ।उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।उदयपुर जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीसे तर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

बोलेरो जीप सडकबाट ५० मिटर तल खसी  दुर्घटना हुदा उक्त बोलेरो जीपले किचेर चालक जिल्ला उदयपुर कटारी न.पा. ११ सोरुङछबिसे बस्ने अ. बर्ष ३०को सन्तोष भन्ने तेज बहादुर थापाको मृत्यु भएको हो।

बोलेरो जिप सडकबाट ५० मिटर तल खस्दा चालक थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । घाइतेलई उपचारका लागि कटारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

(https://www.softlay.com/)

Leave a Reply

Your email address will not be published. Required fields are marked *