नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण

२०७५ माघ १२ शनिवार
Newsdesk Shikharnews

नेपालका विभिन्न स्थानमा रहेको साना तथा मझौला होटल व्यवसाय र नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि एप निर्माण गरिएको छ । एमेजमान नामक उक्त एपलाई नेपालको अमेजमान ग्रुप अफ कम्पनीले सिंगारपुरको अमेजमान पिटीइ डट एलटिडीसँगको सहकार्यमा बनाएको हो ।

एपमार्फत् नेपालीहरुले नेपालकै सहर तथा कुना कन्दरामा रहेका होटलहरु बुक गर्न सक्ने अमेजमान ग्रुप अफ कम्पनीका अध्यक्ष सुनिल खड्काले बताए । यो एपको सहयोगबाट विदेशी पर्यटकले नेपालका नयाँ पर्यटकीय गन्तव्यको बारेमा समेत जानकारी पाउन सक्ने खड्काको भनाई छ ।

नेपालको पर्यटकीय क्षेत्र भनेको ठमेल र पोखरा मात्रै हो भन्ने सोचेका विदेशीलाई यो एपले जुम्लादेखि ताप्लेजुङसम्मा कुना कन्दरामा रहेको स्थानको जानकारी दिने मात्रै नभई त्यहाँ रहेका होटलको बारेमा जान्न समेत मद्दत पुर्याउने खड्काले दावी गरे ।

एपबाटै गाउँ गाउँमा रहेका होटल बुकिङ गर्न सकिने समेत खड्काले बताए । होटल बुकिङा मात्रै होइन, एपबाटै पैसा तिर्ने सुविधा समेत रहेको छ । विदेशीले यो एपमार्फत डेविट, क्रेडिट कार्डबाट र नेपालीले इ सेवा, खल्तीजस्ता पेमेन्ट गेट वेबाट पैसा तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

अमेजमान ग्रप अफ कम्पनीले नेपालमा २ सयभन्दा बढीलाई रोजगार दिएर सर्भिस सेन्टर समेत खोलिसकेको छ । २ सयभन्दा बढिको संखयामा रहेका कम्पनीमा आवद्ध युवाहरुले होटल सुचीकरण गर्नेदेखि स्वदेशी तथा विदेशी ग्राहकलाई २४ सै घन्टा सेवा दिनेछन् ।

सिंगापुरमा मुख्य कार्यालय रहेको ’अमेजमानको नेपालमा ७ वटै प्रदेशमा कार्यालय खोल्ने तयारी भइरहेको छ ।

नेपालीहरु विदेश जादाँ त्यहाँ होटल बुकिङ गर्न सकिने सुविधा पनि एपमा राखिएको छ । खड्काका अनुसार अहिलेसम्म नेपालका २६ सय होटल एपमा सुचीकरण भइसकेका छन् । यस एपमा नजोडिएका होटलहरु आफैँ साइन इन गरेर आफैँले थप्न मिल्छ ।

केहि दिनमै औपचारिक कार्यक्रम आयोजना गरेर पर्यटनमन्त्रीको हातबाट एप सार्वजनिक गर्ने तयारी भइरहेको खड्काले जानकारी दिए ।

थाइल्याण्ड, मलेसिया, युएइ, भुटान भियतनाममा कार्यालय विस्तार गरी त्यहाँको पर्यटक नेपाल ल्याउने र नेपालको पर्यटक उता लैजाने योजना रहेको खड्काले जनाए । पर्यटन वर्ष २०२० का लागि समेत यो एप महत्वपुर्ण हुन सक्ने खड्काको तर्क छ ।