एजेन्सी। भारतमा विवाह हुन लाग्दा भएको विवादको कारण विवाह रद्द भएको छ। एउटा सानो कुरामा भएको विवादले गर्दा यो विवाह रद्द मात्र भएन यो मामला पुलिस चौकी सम्म पुग्यो।
यो घटना भारतको इन्दौरा क्षेत्रमा भएको बताइएको छ। करिब ६ महिना पहिला अर्थात जुलाई २०१८ मा इन्दौरामा बस्ने सिभिल इञ्जिनियर वल्लभ पंचोली र इन्स्पेक्टर वर्षा सोनावाबीच विवाह पक्का भएको थियो। शुक्रबार बिहान करिब ११ बजे जब दुलही लिन जन्ती आए तब एउटा सानो कारणले विवाद सुरु भयो।
स्वयंबरको लागि दुलही तयार भएर आउँदा उनको शिरमा पछ्यौरी नदेखे पछि विवाद सुरु भएको थियो। वर्षाकी हुनेवाला सासुले उनलाई शिरमा पछ्यौरी राख्न भनिन् तर उनले आफ्नो बाबाले भने मात्र राख्ने भने पछि हल्ला शुरु भयो र विवाद पुलिससम्म पुग्यो।
वर्षाले दुलहाको परिवारले १० लाख दाइजो मागेको आरोप पनि लगाइन। त्यसपछि पुलिसले जन्तीलाई थानाबाट बाहिर निकाले र दुलहा दुलहीलाई छुट्टै कोठामा राखेर कुरा गर्न गर्न पठाए। दुवै जनाले पुलिसलाई दाइजो कुरा नभएको बताए। त्यसपछि दुवै पक्षको सहमतिमा विवाह रद्द भयो।
Leave a Reply