माधव बेल्वासे
कपिलवस्तु, १२ माघ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिद्वारा शनिबार चन्द्रौटामा आयोजित एक कार्यक्रमका बीच फोहरदानी वितरण गरिएको हो । कपिलवस्तुको शिवराज नगरपालिकाका ६३ र विजयनगर गाउँपालिकाका ४२ सामुदायिक विद्यालयहरुलाई डस्टविन वितरण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।
डस्टविन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार के.सी.ले विद्यालयको प्रमुख पहिचान नै सरसफाई भएकाले विद्यालय वातावरण सफा सुग्घर राख्नुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर सुधारमा समेत विद्यालय प्रशासनले विशेष चासो देखाउनुपर्ने सुझाव दिएका छन । विद्यार्थीहरु लाई शिक्षा सगै व्यभारमा समेत लागु गर्न सिकाउनुपर्ने तर्क राखे ।सांसद केसीले वितरण गरिएका डस्विनले सामुदायिक विद्यालय क्षेत्रलाई स्वच्छ, हराभरा र फोहोरमैला रहित बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै सांसद विष्णु पन्थीले स्वास्थ वातावरणमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएको औल्याउँदै पन्थीले मनकारी व्यक्तित्वबाट प्रदान गरिएको डस्टविनको सही सदुपयोग गर्नुपर्ने वताए । पन्थीले जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको मुख्य दायित्व रहेको वताए । शैक्षिक क्षेत्रमा नैतिक तथा नागरिक शिक्षासँग जोडेर विषयवस्तुको ज्ञान दिनुपर्ने सांसद पन्थीले जोड दिए । डस्टविन सौजन्य गर्ने बुटवल पब्लिक स्कूलका अध्यक्ष हेमलाल शर्मा भुसालले विद्यालयको कोषको केही रकमबाट कपिलवस्तुका सामुदायिक विद्यालयलाई डस्टविन खरीद गरी सहयोग गरेको जानकारी दिए । केही वर्षअघिदेखि नै बचत रकमबाट शैक्षिक तथा सामाजिक कार्यमा लगानी गर्दै आएको अवगत गराउँदै यसको सही सदुपयोग गर्नुपर्नेमा जनाए ।
कार्यक्रममा नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले डस्टविन वितरण कार्यको प्रशंसा गरे ।पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किंदै गएको औल्याउँदै यसमा सुधार ल्याउन आवश्यक रहेकोमा वताए । कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्मा, शिक्षक संगठनका पूर्वअध्यक्ष जगन्नाथ मरासिनी, नेकपा शिवराज नगरअध्यक्ष दिनेश पुन लगायत बोलेका थिए । नेपाल राष्टिय शिक्षक संगठन कपिलवस्तुको आयोजना, बुटवल पब्लिक स्कुलको ३ लाख ५० हजारको आर्थिक सहयोगमा ३ सय वटा फोहरदानी वितरण गरिएको छ
Leave a Reply