New from Nepal

सरकार विरुद्ध नेविसंघ सडकमा

काठमाडौं। सरकारविरुद्ध आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। 
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सरकारले प्रतिनिधिसभाबाट पारित गरेपछि झनै आक्रोशित भएको नेपाल विद्यार्थी संघले त्यसको विरोधमा आईतबार बिहान काठमाडौंको चावहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो। 
त्यस क्रममा उनीहरुले गोविन्द केसीको माग सम्बोधन गर्न तथा निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोजना गरेका थिए। 
गत शुक्रबार नेपाली काँग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि त्यसको विरोध गर्दै नेपाली काँग्रेसमा आवद्ध नेविसंघले सडक संघर्षलाई तीव्रता दिएको हो। 
काँग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय तत्काल लिन पनि सरकारलाई नविसंघले दवाव दिइरहेको छ। सरकारले जनताको मागलाई सुनुवाई नगरेकाले आफूहरु सरकारविरुद्ध आन्दोलनमा जानु परेको नेविसंघको तर्क छ । 
नेविसंघको पशुपति बहुमुखी क्याम्पस ईकाई समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनका कारण चावहिल क्षेत्रको सवारी आवागमन समेत केहीवेर अवरुद्ध भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *