दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
२०८१ कात्तिक २० मंगलवार
छातीमा असह्य पीडाको महसुस भएपछि अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको पछिल्लो स्वास्थ्य स्थिति बारे जानकरी नर्भिस अस्पतालले प्रेश विज्ञप्ति जारी गरेको छ । आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका पूर्व युवराजलाई थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँच पश्चात् क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको विज्ञप्तिमा जनाइएको छ । उक्त अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई सी.सी.युंमा सारिएको अस्पतालले जनाएको छ ।
पूर्व युवराजको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेका थिए । उनको स्वास्थ्य हाल स्थिर रहेता पनि खतरामुक्त भने अझै भई नसकेको प्रेश विज्ञप्तिमा जनाइएको छ । पूर्व युवराज केही उपचारका लागि अस्पतालमै रहने छन् ।