परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।

२०७५ माघ १७ बिहीवार
Newsdesk shikharnews

यसरी अाउदैछ पानिजहाज दोलालघाट ! विजय अधिकारी (विराट)/ काभ्रे : परिकल्पनाको शक्ति अजिवको हुन्छ , थोमस अल्वा एडिसनले विजुली बत्तीको सपना नदेखेको भए बल्वको अाविस्कार हुने थिएन , राईट दाजुभाइले जहाज उडाउने सपना नदेख्दा हुन त अाज विभिन्न क्षमताका ठुला साना र विभिन्न प्रयोजनका जहाजहरु अाविस्कार हुने थिएनन् , सुरुवात सपनाबाट हुने गर्छ , नेपालको जलमार्ग र जलपर्यटनमा सम्भावनालाई उजागर गर्ने , सपना देख्ने र सपना देखाउने श्रेय प्रधानमन्त्री केपी सर्मा अोलीलाई जान्छ । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यहाँको जल , जमिन , जंगल र जनशक्ति र जडिबुटी नै प्रमुख रुपमा समृद्धिका हतियार हुन । नेपाल विश्वको पिउन योग्य जमिन माथिको पानीको श्रोतमा विश्वको दोस्रो धनी मुलुक हो ।

नेपालका तिव्र वहाब क्षमताका नदिहरुका कारण यहाँ ८३००० मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको बैज्ञानिकहरुको दावी छ । नेपालका प्राय सम्पूर्ण नदिहरुको मुहान यहाँका हिमालहरु हुन , नेपालमा विश्वका निकै उच्च हिमालहरु रहेका छन , सगरमाथा यहि मुलुकमा रहेको छ । नेपालका नदिहरु मध्ये गण्डकी कोसि कर्णालीका साथै मेचि र महाकाली समेत प्रमुख नदिका रुपमा रहेका छन , हरेक नदिहरु उत्तरी उच्च हिमाल देखि दक्षिणी समथर तराई हुँदै भारत तर्फ बहने गरेका छन । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम व्यक्ति तेन्जिङ नोर्गे शेर्पा हुन भने उनी सँगसँगै अारोहण गरेका सर एडमण्ड हिलारी दोस्रो व्यक्ति हुन । सगरमाथा अारोहणको उद्देश्य सँगसँगै पहिलोपटक सर एडमण्ड हिलारी नेपालमा अाजभन्दा ५० बर्ष पहिला सप्तकोसी बाट दुधकोसि र हुँदै सुनकोसी दोलालघाट सम्म पुगेका थिए ! तत्कालीन अवस्थामा उनले ४ जना अट्ने स्पिड बोटमा पुगेको प्रमाण रहेको छ । त्यतिबेला उनले आफ्ना साथी जोन ह्यामिलटनसँग सन १९६८ मा सप्तकोशीको चतराबाट दोलालघाटसम्मको १७५ किलोमिटर यात्रा जेट बोटमा गरेका थिए। उनको जेट बोट यात्राको भिडियो युटु्यबमा आइडि भिन्टेज नामक एक क्यानेडेली संस्थाको आइडिबाट अझै हेर्न सकिन्छ । (विराट अनुपम) तत्कालीन अवस्थामा हिलारिले १७५ किमि यात्रा तय गरेको तथ्य भएता पनि हाल ब्यवसायीक रुपमा चतरा देखि १५ किमि ( भोजपुरको हतुवागडि गाउँपालिकाको तटिय क्षेत्र सम्म ) हुँदै अहिले विस्तार भई ३७ किमि सम्म जेटबोट संचालन हुदै अाएको जानकारी प्राप्त भएको छ ।

साथै यसलाई १-२ महिना भित्रै सम्भब हुनेगरी १० किमि विस्तार गरि रानिटार भन्ने ठाउँ सम्म जम्मा ४७ किलोमिटर व्यवसायीक रुपमा जलविहार गराउने गरि तयारी भईरहेको जानकारी प्राप्त भएको छ । सँगसँगै करिबकरिब १ बर्ष भित्रनै यसलाई ७५ किमि सम्म विस्तार गर्ने योजना रहेको व्यवसायी बताउँछन् । हाल सप्तकोशी नदिमा नेपाल रिभर ट्रान्सपोर्ट प्रालि २०६६ सालदेखि र बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली २०७४ सालदेखि संचालन हुँदै अाएका छन ! उनिहरुले ले ३० सिटे दुई जहाजमार्फत जल यातायात संचालन गरिरहेका छन । जसका कारण भोजपुरको दक्षिणी भुभाग देखि र धरान चतरासम्मको ७ घण्टाको दुरी छोटीएर २० मिनेटमै यात्रा सम्भब भएको छ । केही समय अघि संचालनमा अाएको शौचालय सुविधा सहितको पानी जहाज भने १०० सिट क्षमताको २ वटा रहेको छ ! यो प्यासेन्जर जेट भने सप्तकोसि मरिन रिसोर्ट प्रालीले संचालनमा ल्याएको छ । यो सँगसँगै निकट भविष्यमानै अन्य २ वटा ३० सिट क्षमता सहितका जहाजहरु व्यवसायीक रुपमा संचालनमा ल्याउने तयारी गरिरहेको कुरा जानकारीमा अाएको छ । नेपालको सप्तकोसी नदिमा जेटबोट र सो दोलालघाट सम्म पुग्न सक्ने कुराहरु तथ्य सहित मुखरित भईसकेपछि हामीले यो विषयमा केही व्यवसायीहरु सँग यो विषयमा जानकारी लियौ । सप्तकोसीमा जहाज संचालन गर्दै दोलालघाट पुर्याउने सवालमा व्यवसायीहरुले नेपाल सरकारको तर्फबाट पनि सहयोगको अपेक्षा गरेका छन । उनिहरुले भनिरहेका छन यो सम्भब छ । सरकारले विशेष पहलकदमि गर्दा १ बर्ष भित्रमै सम्भब छ । ढिलो चाँडो हामी दोलालघाट सम्म प्यासेन्जर जेटबोट संचालन गर्नेछौं । निजि पहलमा काम गर्दा बढिमा २ अढाई बर्ष लाग्न सक्छ । व्यवसायीहरु विचको समन्वयमा यसलाई हामी मुर्तरुप दिनेछौ तर नेपाल सरकार साथै स्थानीय सरकारले समेत यसमा सहयोग गर्दा हामी छिट्टै यो काम सम्पन्न गर्न सक्छौ । सप्तकोसी नदिमा व्यवसायीक र्याफ्टिङ गराउदै अाएका कोसि एडभेन्चर प्रालीका व्यवसायी शुरेश बस्नेत भन्नुहुन्छ , अब हाम्रो कम्पनीले पनि यहाँ व्यवसायीक रुपमा जेटबोट संचालन गर्नेछ । जसमध्ये ६ सिटे देखि ३० सिटे जेटबोट र स्पिडबोट प्रथम चरणमा संचालन गर्ने र यसको अलावा भविष्यमा दोलालघाट सम्मनै व्यवसायीक रुपमा जेटबोट संचालन गरिछाड्ने लक्ष्य लिएका छौ । सप्तकोसी नदिमा जलपर्यटनको सम्भावना र यहाँका समस्या तथा प्रगतिविवरणका विषयमा जे जति प्रगति हुन्छ त्यो हामीले नेपाल सरकारका प्रतिनिधिहरुलाई उपलब्ध गराउदै अाएका छौ । खास गरि यो जलमार्गमा पर्ने केही चट्टानहरु छन जसमध्ये टाईगर , एडमण्ड र अन्य २-४ वटा ढुङ्गा हरु फोड्नुपर्ने देखिन्छ ।

साथै एक ठाउँमा नदिले अाफ्नो पुरानो धार छोडेको छ , एक ठाउँमा नदि भासिएको छ , घुर्मिमा पानी एकदमै गहिरो भएको र घुमेको छ , त्यसलाई निराकरण गरि पानीलाई फिँजारिएर बहने बनाउनुपर्छ । कतै स्काईभेटर लगाई पानिलाई फराकिलो धारमा पुर्याउनुपर्ने पनि छ । यी सम्पूर्ण काम सिघ्र सम्पन्न गर्न निजी क्षेत्रका अलावा नेपाल सरकारका साथै अाम नागरिकको समेत स्वभाविक चासो र पहलकदमि हुनुपर्छ । हाल सप्तकोसी जलपर्यटनमा संलग्न व्यवसायीहरुको एउटामात्र नेपाल सरकार सँग माग छ – त्यो भनेको दोलालघाट सम्म जेटबोट चल्छ चलाउन सकिन्छ यसका लागि सरकारले सरकारि स्तरबाट सम्भाव्यता अध्ययन समिति बनाअोस , हामीले प्राप्त अनुभव तथा चुनौतीको जानकारी सँगसँगै सक्दो साथ सहयोग गर्न तत्पर छौ । मैले १ बर्ष अगाडि यो जलमार्गमा अध्ययन गर्दा भेटेका तथ्यका अाधारमा अबको करिबकरिब २ बर्षभित्रमानै हामी दोलालघाट सम्म यो जलमार्ग विस्तार गर्न सक्नेछौं व्यवसायी बस्नेतले भन्नुभयो ।