पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित

२०७५ माघ १७ बिहीवार
Newsdesk Shikharnews

काठमाडौँ, १७  माघ।टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ ।तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोली पहिलो टि–२० खेलमा यूएईसँग पराजित भएको पराजित भएको हो।

१५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।

नेपालले दोस्रो खेल भोलि शुक्रबार यूएई सँग खेल्दैछ ।

Loading...