New from Nepal

मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा क्षेत्र सुधारको लागि अनसन बसेका डा. गोविन्द केसीको अनसन तोडाउने जिम्मा उनलाई बोक्नेहरूलाई नै दिएका छन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा डा. केसीलाई उचालेर अनसनमा राख्नेहरुले नै तोडाउने जिम्मा लिनुपर्ने जिकिर गरे । नियमित पत्रकार सम्मेलनमा अनशन तोडाउने जिम्मा डा. केसीलाई बोक्नेहरूको हो। उनले भने, जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।

डा. केसी अनसन बस्नुको कारण थाहा नभएको बताए । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भैसकेपछि पनि अझै अनसन बस्नुको कारण आफूलाई थाहा नभएको बताए ।

मन्त्री बाँस्कोटाले अनसन बसेका डा. गोविन्द केसीको अनसनसँग जोडेर अहिलेको चर्चित गीत ‘सालको पातको मात्र टपरी हुने नहुनी सल्लैको’ भन्दै व्यंग्य गरेका छन् । मन्त्री बास्कोटाले संसदबाट बहुमतले विधेयक पास भैसकेको तर अनसन किन बसेको भन्नेतर्फ संकेत गरे ।

मन्त्री बाँस्कोटाले डा. केसीको माग सरकारले सम्बोधन गरिसकेको दाबी गरे । सरकारले उनलाई अनसन तोड्न पटकपटक भन्दै आएको बताए । डा. केसीका माग सरकारले सम्बोधन गरिसकेको दोहोराए । अस्पतालसम्बन्धी माग पूरा भइसकेपनि कांग्रेसले संसद् अवरोध गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *