Shikhar News

News from Nepal

झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको यो एक वर्षमा विकास र समृद्धिको लहर नै आएको दाबी गरेका छन् । गृहजिल्ला झापा पुगेर ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने पनि बताएका थिए । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रधानमन्त्री ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका हुन् । उनले भने,“सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।”

झापाको दमक नगरपालिकाले बिहीबारदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिएका हुन् ।

सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको उनको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको पनि विश्वास दिलाए ।

(Modafinil Smart Drug)

Leave a Reply

Your email address will not be published. Required fields are marked *