विराटनगर १८,माघ। मोरङको सुन्दरहरैंचामा ७ वटा टिफरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् ।
विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिफर व्यवसायीलाई प्रहरीले कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा पुगेपछि प्रहरीले रोकेको छ ।विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिफर सडकमा तेर्स्याएका हुन् ।
सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिफरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए ।
आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
Leave a Reply