बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान ६ बजे प्रहरी बाहिर निस्केका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएका थिए । प्रहरी जवान र बजारवासीको सक्रियमा आगो निभाइसकेका छन् ।
Leave a Reply