विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ

Vianet

विराटनगर २०,माघ। विराटनगर विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरेको छ ।

Vianet

विराटनगर एयरपोर्टबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले विराटनगर– ४ का १८ बर्षिय मकेश यादव, २२ बर्षिय अमित यादव, १९ बर्षिय रामचन्द्र यादव र ४८ बर्षिय भोला यादवलाई पक्राउ गरेको हो ।

विराटनगर बिमानस्थलमा चौकीदारको रुपमा काम गर्दै आएका भोलाकै योजनामा अन्य तीन जनाले डिजेल चोरी गरेको र  पक्राउ परेका चार जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएकोजिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री