खुर्सानी खानुस, यस्ता छन् ६ अचम्म लाग्ने फाइदा

२०७५ माघ २० आइतवार
Newsdesk Shikharnews

हामीले दैनिक सेवन गर्ने खुर्सानीका फाईदाहरु तपाईलाई थाहा नहुन सक्छ । अलि धेरै खायो भने पिरो धेरै नै हुने भन्ने कुरा मात्र थाहा हुन सक्छ । त्यो बाहेक खुर्सानीको बारेमा थाहा नहुन सक्छ ।

हामीले खुर्सानीलाई साग–तरकारी, दाल लगायत मसला प्रयोग हुने खानाका परिकारहरुमा प्रयोग गर्छौ । हामीले खुर्सानी प्रयोग गर्ने भनेकै यत्ति तरिका मात्र हो । कसैकसैले खुर्सानीको कोसा पनि खाना खाने क्रममा खाने गर्छन् । तर हामीले यसको प्रयोग भिन्न तरिबाट गरेर पनि अधिक लाभ लिन सक्छौँ ।

खुर्सानीको महत्व बुझेर यसको प्रयोग गर्ने हो भने यसले ओखतीकै काम गर्छ । हामीले खुर्सानीका केही महत्वपूर्ण फाईदाहरु तल उल्लेख गरेका छौँ ।

१. यदि बङ्गारा दुखेको छ भने सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँध्ने । त्यसपछि कपडाछान गर्ने । वायाँ वङ्गारो दुखेको भए दाहिने कानमा यसको झोल हाल्ने । खुर्सानी पानीले पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ ।

२. पुरानो खुर्सानीको बोटको जरालाई चन्दन बनाएर मोतीया बिन्दु हुन लागेको आँखामा लगाउदा आराम गर्छ ।

३. एउटा खुर्सानीलाई पानीमा डुवाई त्यसलाई छानेर अलिकति मह मिसाई कुल्ला गरेमा घाँटीको घाउ निको हुन्छ । तर केही बेर भने पोल्न सक्छ ।

४. तीन वटा खुर्सानी, एउटा कागती, तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिध्ने र गोली बनाएर दिनमा दुई–दुई पटक गोली मुखमा राखी चुस्नुपर्छ । बसेको स्वर खुल्छ ।

५. एउटा खुर्सानी पानीमा हाली खुव पिँधि चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाएमा दुख्न छोड्छ ।

६. एउटा खुर्सानीमा पानी हालेर त्यसलाई धेरै नै पिँधेर चन्दन जस्तो लेप तयार पारेपछि मनतातो बनाई दुखेको ठाउँमा लेप गर्दा दुख्न छोड्छ । लेप लगाएको ठाउमा सहन नसक्ने गरी पोल्यो भने १५ मिनेट पछि लेप हटाई पोलेको ठाउमा गाईको घ्यू लगाई लगाउने ।

Loading...