क्यान इन्फोटेकमा औषधि ओसार्न ड्रोन

२०७५ माघ २१ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ मेला झण्डै चार लाख जनाले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)ले जनाएको छ ।

मेलाको अन्तिम दिन आइतबार करीब एक लाख जना मेलामा पुगेका थिए । भृकुटीमण्डप प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करण मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो ।

‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए ।

Loading...