अटोमोबाइलको बिक्रीमा ५० प्रतिशत गिरावट !!!

२०७५ माघ २२ मंगलवार
Newsdesk Shikharnews

तरलता अभावले अन्य कुराका अतिरिक्त गाडी बिक्रीमा ५० प्रतिशत गिरावट आएको छ । आजको नयाँ पत्रिकादैनिकमा यस सम्बन्धी विस्तृत विवरण उल्लेख गरिएको छ ।

८०–९० प्रतिशतसम्म कर्जा लिई गाडी खरिद हुँदै आएकोमा राष्ट्र बैंकले बढीमा ५० प्रतिशत मात्र फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि अटोमोबाइलको बिक्री ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ ।

नयाँ व्यवस्था तथा बजारमा तरलता अभावका कारण दसैँंपछि गाडीको व्यापार चिन्ताजनक रूपमा खस्किएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । ‘विभिन्न कम्पनीको बजार हिस्सा र बिक्रीदर हेरेर ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ,’ उनले भने ।

उनका अनुसार बिक्री घटेपछि गाडी आयातसमेत गर्न नसकी भन्सार यार्डमा थन्किएको छ । ‘दसैँंअघिबाट अर्डर गरिएका गाडी भन्सार यार्डबाट छुटाउन नसकी रोकिएर बसेका छन् । कमर्सियल र निजी सवारी जोड्दा अहिले करिब ८ हजार गाडी भन्सार यार्डमा छन्,’ उनले भने ।

Loading...