नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने

२०७५ माघ २३ बुधवार
काठमाडौं, २३ माघ । नेपालमा दोस्रो पटक युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने भएको छ । क्याम्प आगामी चैत अन्तिम साता २४ देखि ३० गते सम्म हुने भएको हो ।
क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको हो । ७ देखि १७ बर्ष मुनिका सहभागी खेलाडीलाई इटालियन क्लब एसी मिलानबाट आएका ५ प्रशिक्षकहरुले प्रशिक्षण दिने म्यानेजमेन्टका संयोजक थमन भुसालले बताए ।
सहभागि मध्यबाट उत्कृष्ट हुने १ खेलाडीले इटालीमा रहेको एसी मिलान फुटबल क्लबमा एक हप्ताको प्रशिक्षण गर्न पाउने छन् । यस्तै एन्फाको सिफारिसमा परेको गरिब र जेहेन्दार एक खेलाडीलाई क्याम्पको लागि छात्रवृति प्रदान गरिने छ ।
यसअघि म्यानेजमेन्टले सन् २०१७ मा जुनियर क्याम्प आयोजना गरेको थियो । जसमा १२५ खेलाडी सहभागी भएका थिए ।